बैशाख २२, २०८१, शनिबार
               

अवैध रुपमा मिर्गौला प्रत्यारोपणको आरोपमा जनप्रतिनिधिसहित १२ पक्राउ

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा एक जनप्रतिनिधिसहित १२ पक्राउ परेका छन्। उनीहरु नक्कली कागजपत्र बनाइ अवैद्य  मिर्गौला करोबार गरेको आरोपमा पक्राउमा परेका हुन् । 

पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना जनप्रतिनिधि (वडाध्यक्ष) र एकजना कानुन व्यवसायी पनि रहेको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान व्युरोले जनाएको छ।

पक्राउ पर्नेमा भरतपुर मेडिकल कलेजका डा.राकेश कुमार बर्मा, डा सुप्रभात श्रेष्ठ, डा. बाल कृष्ण कालाखेती र अधिवक्ता रमेश काफ्ले, जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, ललितपुर महानगरपालिका वडा- ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी, कार्यालय सहायक नवराज केसी, महिलाहरू जमुनाराज भण्डारी, रेश्मा राई छन्।

प्रमुख एसएसपी डा. देव बहादुर बोहोराले २०७६ साल जेठ २७ गते चितवनको भरतपुर मेडिकल कलेजमा गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोपण गरेको खुलेको जानकारी दिएका छन्।  

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ उपदफा-१ (ग) अनुसार अनुसन्धान अगाडि बढाइने ब्युरोले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि