जेठ ०४, २०८१, शुक्रबार
               

पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १०२५ वटा निवेदन आयल निगमद्वारा खारेज

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं- पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ ।

आएका निवेदन हाल पेट्रोलियम पदार्थ बिक्री केन्द्र भएको ठाउँकै लागि भएकाले निगमको सञ्चालक बोर्डले खारेज गरेको हो ।


‘नयाँ बिक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भुगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त छैनन्,’ विज्ञप्तिमा भनिएको छ ।

निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन आग्रह गरेको छ ।

निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७५ बैशाख र भदौमा आवेदन माग गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि