जेठ ०५, २०८१, शनिबार
               

क्वारेन्टाइनमा बस्दा विक्षिप्त, घर फर्किएपछि गरे आत्महत्या

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

वीरगञ्ज । बारामा एक व्यक्तिले आत्महत्या गरेका छन् ।

परवानीपुर गाउँपालिका–५ बहुअरीका ७० वर्षीय महादेव ठाकुरले धोतीको पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

क्वारेन्टाइनबाट घर फर्किएको एक सातापछि उनले आत्महत्या गरेका हुन् । 

राति खाना खाएर सुतेका उनी बिहान मृत फेला परेको उनका छोरा जितेन्द्रले जानकारी दिए ।

उनी क्वारेन्टाइनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयले बताएका छन् । 

स्थानीयका अनुसार उनले जो कोहीलाई भेट्दा ‘मलाई कोरोना भइसकेको छ, प्रहरीआएर लैजान्छ’ भन्ने गर्दथे ।

कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । 

लकडाउन शुरु भएपछि उनी त्यतै रोकिएका थिए । दुई महिनापछि रक्सौल (छोराको ससुराली) आएर दुई साता बसेका थिए ।

वडा अध्यक्ष रामेश्वर प्रसाद साहलाई सम्पर्क गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि उनलाई असार ८ गते एम्बुलेन्समार्फत् ल्याएर गाउँकै क्वारेन्टाइनमा राखिएको थियो । 

क्वारेन्टाइनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११ औं दिनमा (असार १९ गते) उनलाई घर पठाइएको थियो ।

महादेवको शव कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ ।


कस्तो लाग्यो ?

यो पनि