असोज ०६, २०८१, आइतबार
               

संखुवासभामा पहिरोः ११ जना बेपत्ता, प्रहरीको टोली जाँदै

नेपाल फ्ल्यास
असार २८, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

संखुवासभा । केही दिनदेखि परेको अविरल वर्षाका कारण संखुवासभामा पहिरो गएको छ ।

गएराति संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा ११ जनाका बेपत्ता भएका छन् ।

संखुवासभा प्रहरीका अनुसार, त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको छ । 

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । 

प्रहरी चौकीबाट घटनास्थलमा पुग्न करिब चार घन्टा लाग्ने संखुवासभाका डीएसपी नवराज मल्ले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगेपछि मात्र विस्तृत विवरण आउने उनले बताए ।

अविरल वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न स्थानमा समेत पहिरो गएको छ । 


कस्तो लाग्यो ?

यो पनि