जेठ ०९, २०८१, बुधबार
               

बारेकोटमा पुर्‍याइयो राहत सामग्री

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडाैं । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताए ।

साथै, उनले पीडित परिवारलाई थप राहत र विस्थापितहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको बताए । 


कस्तो लाग्यो ?

यो पनि