जेठ ०९, २०८१, बुधबार
               

राहत नपाएको पाढीपीडितको गुनासो

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

गुृल्मीको इस्मा गाउँपालिका वडा नम्वर १ र ४ का विभिन्न गाउँ बस्तीका बाढी पहिरो  पीडितहरुले सहयोग नपाएको  भन्दै  गुनासो गरेका छन्

उनीहरुले गाउँपालिकाबाट यस्तो अवस्थामा पनि सहयोग नपाएको भन्दै गुनासो गरेका हुन् । 

असार १८ गते राति गएको भीषण  बाढीपहिरोले वडा नम्बर १ को मल्दी र ढाँडा फाँटमा दुईजनाको ज्यान जानुका साथै सयौं घर विस्थापित भएका छन् । 

त्यसैगरी मल्दी र  ढाँडाफाँटमा  दुई जना बालबालिकाको ज्यान गएको र ५ जना घाइते भए पछि त्यहाँ तीन वटै सुरक्षा निकाय र जनप्रतिनिधीहरुले पुगेर उद्धार गरेका थिए ।

वडा नम्बर १ कै जुकेपानी, वडा नम्वर ४ को ढाँडा , लिसेपानी , न्वाँला , छोटेेंडाँडा रातीपोखरीलगायत गाउँहरुमा भीषण बाढी पहिरोले केही घरपरिवारलाई पनि विस्थापित गराएको छ । 

राहतका लागि पहल गर्ने भनी प्रतिबद्धता गाउँपालिकादेखि माथिल्लो तहले प्रतिबद्धता जनाए पनि जुकेपानी गाउँकी माया कुँवरले बताइन् । 

तर, प्रमुख जिल्ला अधिकारी  भरतकुमार शर्माले उद्धारमा सबै संयन्त्र जुटेको तर त्यहाँ पुग्न नसकिएको स्वीकार्दै गाउँपालिकामा रहेको विपद् व्यवस्थापन समितिमार्फत समस्या बुझ्ने काम भइरहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि