जेठ ०८, २०८१, मंगलबार
               

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति मदन भण्डारीले फाउण्डेशनको निन्दा

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति मदन भण्डारीले फाउण्डेशनको निन्दा गरेको छ । 

मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेको भन्दै भारतीय केही मिडियाका सामग्रीको निन्दा गरेको हो ।

नेकपाका अध्यक्ष एवं फाण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई व्यक्तिगत रूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउण्डेशनले जनाएको छ । 

फाउण्डेशनका सचिव पेम्बा लामाले शनिबार एक विज्ञप्ति जारी गरी त्यस्ता दुर्नियतपूर्ण, कपोलकल्पित र आक्षेपपूर्ण समाचारको सम्बन्धमा समयमै कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

सो विज्ञप्तिमा  नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियताको पक्षमा ठोस कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

यो पनि