बैशाख २२, २०८१, शनिबार
               

चितवन पुगे प्रचण्ड: स्थलगत अवलोकनमा प्रचण्ड र रेणु दाहाल

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

बाढी-पहिरोबाट भएको क्षतिबारे जानकारी लिन शनिबार नेकपा अध्यक्ष प्रचण्ड चितवन पुगेका हुन् ।

प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरे । 

मेघौलीस्थित निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि अध्यक्ष प्रचण्डले बलियो तटबन्ध गराउने तयारी भएको स्थनीयलाई बताए ।

 अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट पुगेको जनधनको क्षतिप्रति प्रचण्डले दुःख व्यक्त गरेका छन्  ।

बाढी प्रभावित क्षेत्रमा रेणु दाहाल 

भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेणु दाहालले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेकी छन् ।

नारायणीमा आएको बाढीले पश्चिम चितवनको वडा नम्बर २७ र २८ मा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएपछि स्थलगत निरीक्षणलाई दाहालले तीव्र पारेकी हुन् ।

'यो विपद्को समय हो', दाहालले भनिन्, 'हामी अहिले विपद्को जोखिम कसरी न्यूनिकरण गर्ने, विपद् नै आउन नदिन के के गर्न सकिन्छ भनेर अगाडि बढेका छौँ ।'

दाहालले 'महानगरले सक्दो चाँडो कसरी यस्तो विपद्लाई न्यूनिकरण गर्न सकिन्छ' भनेर सुरक्षा निकाय, नगर प्रहरी र महानगरको विद्प युनिट लागिपरेको स्पष्ट पारिन् । दाहाल आफै विपद् व्यवस्थापन टोलीसहित त्यहाँ पुगेर जनताको गुनासो समेत सुनेकी थिईन् ।

महानगरमा हालसम्म तटबन्धन बगाउने बाहेक अरु क्षति नभएको भन्दै देशका अन्य ठाँउमा बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा उनले दुःख व्यक्त गरिन् ।

उनले महानगरतत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउन हाई अललटमा आफुहरु बसेको समेत स्पष्ट पारिन् । 

बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ मेघौलीको सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो । नदीले करिब ४० मिटर जमिन कटान भएको छ ।

यो पनि