जेठ ०७, २०८१, सोमबार
               

कोसी क्षेत्रमा फेरि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

जनकपुरधाम । निरन्तर वर्षाका कारण सप्तरीको सीमा क्षेत्रमा रहेको कोसी नदीमा पानीको बहाव बढ्दै गएको छ । नदीमा बहाव बढ्दै गएपछि फाटक (ढोका) खोल्ने क्रम पनि जारी छ ।

नदीमा पानीको बहाव उच्च रहेको अवस्थामा अहिले ५६ वटा मध्ये ३८ वटा फाटक खोलिएको छ । शनिबार बिहान गरिएको मापन अनुसार अहिले कोसी नदीमा पानीको बहाव २ लाख ७३ हजार ३ सय क्युसेक कटिसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

कोसीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनक स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मूलघाटमा जलस्तर बढेपछि कोसीसँग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

कोसीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । कोसी नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको दर्जनौँ गाउँ डुबान पर्ने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि