असोज ०६, २०८१, आइतबार
               

साझा यातायात सञ्चालन हुने

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । 

व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।

यसैबीच, सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरे पनि साझा यातायातले भने बस चलाउने भएको छ । 

साझा यातायातले केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको हो ।

साझाले साउन १ गतेदेखि बस चलाउने तयारी भइरहेको साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिएका छन् ।

दीक्षितले छोटो दुरीमा साझा बस गुड्न तयार भएर बसेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित ट्विट गरेका छन् । 

सरकारले तोकेको मापदण्ड बनाई साझा यातायात सञ्चालनको लागि तयारी भैरहेको छ । तयारी पूरा हुनासाथ नियमित रुटमा गाडी चल्ने बताइएको छ ।

‘सार्वजनिक यातायात चल्ने भनेर सरकारले बिहीबार निणर्य सार्वजनिक गर्यो,’ साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले भने, ‘बसको अवस्था, कर्मचारी व्यवस्थापन, स्वस्थ्य मापदण्ड लगायतको तयारीपछि साझा यातायात चल्छ।’


कस्तो लाग्यो ?

यो पनि