बैशाख २७, २०८१, बिहीबार
               

सार्वजनिक सवारी नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडाैं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले  सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ ।

सार्वजनिक यातायात चलाउन सरकार उदासीन भएको भन्दै महासंघको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । 

सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले सरकारसँग विभिन्न माग राखी पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेका छन् ।

सरकारले सहुलियपूर्ण कर्जा व्यवस्था नगरे व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नहुने व्यवसायीले बताउँदै आएका छन् । 

थन्किएको गाडी सडकमा गुडाउन सुरुमै दुई लाखभन्दा बढ खर्च लाग्ने भन्दै उनीहरुले सहयोग र सहुलियतको प्याकेज ल्याउन सरकारसँग माग राख्दै कुनै रुपले संबोधन नगरी गाडी सडकमा नल्याउने बताउँदै आएका छन् । 

यसका अलवा महासंघले गाडीको सबैजसो कागजपत्रको म्याद सकिएकाले  त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग गरेको छ ।

यो पनि