काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात मृत अवस्थामा भेटिएका छन् ।
तर, मृत फेला परेकामध्ये चारजनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरीले बताएको छ ।
बिहीबार राति पहिरोले बारकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्की, पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको छ ।
अन्य तीनको पहिचान खुल्न नसकेको बताइएको छ । जिल्ला प्रहरीले बेपत्ता भएका अन्यको खोजी कार्य जारी रहेको बताएकाे छ ।