असोज ०६, २०८१, आइतबार
               

म्याग्दी पहिरो अपडेट : ३ जनाको मृत्यु, ३१ बेपत्ता

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

म्याग्दीको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ भने बाँकी ३१ बेपत्ता भएका छन् । 

अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा गएको पहिरोले ठूलो क्षति पुर्‍याएको छ । 

जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जानकारी दिएको छ । 

पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिकालाई प्रभावित  बनाएको छ । 

सो पहिरोले धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना बनाएको प्रहीले जानकारी दिएको छ । 

यसका साथै म्याग्दी प्रहरीले पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको पनि बताएको छ । 

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ ।

हाल  बाढी प्रभावित क्षेत्रका करिब ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने व्यवस्था मिलाइएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि