असोज ०६, २०८१, आइतबार
               

म्यादीमा पहिरो अपडेट : एकको मृत्यु, ३३ जना बेपत्ता

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

म्याग्दीमा पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् । अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा हालसम्म ३३ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार एक जनाको शव फेला परेको छ ।

धौलागिरि गाउँपालिका ६ र ७ नम्बर वडा, मालिका गाउँपालिका ७ नम्बर वडा र मंगला गाउँपालिकामा पहिरोले मानिसहरु बेपत्ता छन् भने धेरै घरहरु बगाएको छ ।

बेपत्ताहरुको उद्धारमा सुरक्षाकर्मी खटिएको घटनास्थलबाट प्रजिअ ढकालले टेलिफोनमा बताए । धेरै ठाउँमा वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि