असोज ०६, २०८१, आइतबार
               

सप्तकोशीमा रातो बत्ती, ३० वटा ढोका खोलियो

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । 

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । 

पानीको बहाव यो वर्षकै उच्च हो ।

पहाडी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुला गरिएको कन्ट्रोल रुमले जानकारी दिएको छ । 

यसैबीच, ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।


कस्तो लाग्यो ?

यो पनि