असोज ०६, २०८१, आइतबार
               

पहिरोले घर बगाउँदा १२ जना बेपत्ता

नेपाल फ्ल्यास
असार २६, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

जाजरकोट । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढिरेहको छ । 

यसैबीच, जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । 

बारेकोट गाउँपालिका–४ बोहराजिरीमा शुक्रबार बिहान पहिरोले दुई घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसरा, पहिरोमा १२ जना बेपत्ता भएका छन् । 

टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाको विस्तृत विवरण आउन नसकेको उनले बताए ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।


कस्तो लाग्यो ?

यो पनि