असोज ०६, २०८१, आइतबार
               

कास्की पहिरो अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

पोखरा । अविरल वर्षासँगै कास्कीमा आएको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ११ जना घाइते भएका छन् ।

पोखरा–१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको हो । 

कास्की प्रहरीका अनुसार, थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको हो ।

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किँदा उनको मृत्यु भएको छ ।

त्यस्तै पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि