असोज ०६, २०८१, आइतबार
               

पहिरो अपडेट : बेपत्ता २० जनाको पहिचान खुल्यो

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बु र भोटेकाेसी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराेमा बेपत्ता २० जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकाेसी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन् ।

त्यसैगरी बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् ।

साथै पहिरोमा घाइते भएका सातदिने शिशुसहित ६ जनालाई हेलिकोप्टरमार्फत राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र  १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकाेसीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजिक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि