असोज ०६, २०८१, आइतबार
               

मोहनाको अभिव्यक्तिप्रति मानव अधिकार आयोगकै आपत्ति

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीको पक्षमा आयोगकी सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

सदस्य अन्सारीले मंगलबार ‘समाजवादी पार्टीले संसद सदस्य सरिता गिरीमाथि विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम गरिएको कारबाहीलाई खेदजनक छ’ भनेर ट्विट गरेकी थिइन् ।

अन्सारीको उक्त अभिव्यक्तिप्रति खेद प्रकट गर्दै आयोगले भ्रम सिर्जना हुने गरी नबोल्न अन्सारीलाई सचेत समेत गराएको छ । 

आयोगका शर्माले विहिवार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ।’

आयोगले असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराएको थियो । शर्माले भनेको छन्, ‘तथापि यस किसिमको भनाइ ट्विटरमा आउनु खेदजनक छ। तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ।’

यो पनि