असोज ०६, २०८१, आइतबार
               

ग्लोबल आईएमईका सीईओ कुँवरले दिए राजीनामा

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पर्शुराम कुँवर क्षत्रीले पदबाट राजीनामा दिएका छन् । 

उनले केही साता पहिले नै पदबाट राजीनामा दिएकाे भए पनि बिहीबारमात्रै  बाेर्डले स्वीकृत गरेको छ ।

तत्कालिन दुई ठूला वाणिज्य बैंक (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भएर बनेकाे ग्लोबल आइएमई बैंकको सीईओकाे जिम्मेवारीमा थिए । उनले आफ्नाे स्वास्थ्य प्रतिकुलता र व्यक्तिगत कारण देखाउदै राजीनामा दिएका हुन् । 

उनको राजीनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्बेवारी पाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि