असोज ०६, २०८१, आइतबार
               

हत्या आरोपी जेलबाट हत्कडीसहित भागे

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन् ।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको पुष्टि गरे ।

उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्ष जबराले बताए ।

ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए । उनले मंगलबार दिउँसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि