असोज ०६, २०८१, आइतबार
               

मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले  आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिकाे बैठकले सरकारले तयार पारेको मापदण्डअनुसार विभिन्न पेसा, व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो ।  व्यवसायीको गुनासो पछि संसदीय समितिले यस्तो निर्णय गरेको हो ।

समितिको निर्देशनमा भनिएको छ, “विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतज्ञावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।”

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेपछि ट्याक्सीलगायतका सबै व्यवसाय प्रभावित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि