जेठ ०५, २०८१, शनिबार
               

मास्क नलगाउने ४ सय २० जनालाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

वीरगञ्ज । बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ ।

जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

कोरोना संक्रमणबाट बच्नको लागि मास्क प्रयोग गर्न अनुरोध गरिएको भए पनि अटेर गरि मास्क प्रयोग नगरी बजारमा हिँडडुल गर्ने, व्यवसाय सञ्चालन गर्ने, सवारी चलाउने चालक लगायतलाई नियन्त्रणमा लिई जरिवाना गरिएको मिश्रले बताए ।

पक्राउ परेका सबैलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत प्रति व्यक्ति एक सय जरिवाना गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि