बैशाख २३, २०८१, आइतबार
               

युवाहरुको आवाज, 'कि रोजगार देऊ, कि कोरिया पठाइदेऊ'

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेका युवाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएपछि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार भन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । 

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । 

सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनीहरुको भनाइ छ ।

सामाजिक दूरी कायम गरी गरिएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, गरी खान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्री ज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ‘काम रोक्न पाइदैन, नालायक सरकार चाहिँदैन’, ‘सरकार सक्छौँ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौँ बेरोजगार युवाहरुको भविष्य नबिगार’ लेखिएका प्ले कार्ड बोकेका थिए । 


कस्तो लाग्यो ?

यो पनि