असोज ०६, २०८१, आइतबार
               

१४८ जना नेपाली कतारबाट स्वदेश फर्कदै

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कतारको राजधानी दोहाबाट बुधबार एक सय ४८ जना नेपाली स्वदेश फर्किदै छन् ।

दोहा स्थित नेपाली राजदुतावासका अनुसार तीन जना महिलासहित एक सय ४८ जना नेपाल स्वदेश फर्कदैछन् । आजको उडान दोहाबाट हुने एघारौँ उडान हो । ती नेपालीहरुलाई राष्ट्रिय ध्वजाबाहक जाहज नेपाल एयरलायन्सले ल्याउने भएको छ ।

कोभिड १९ बाट असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुसार र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश पठाईएको दुतावासले जनाएको छ ।

दुतावासका अनुसार जहाजमा कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पठाईएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि