बैशाख २९, २०८१, शनिबार
               

पशुपति क्षेत्र विकास कोषको आयोजनामा कैलाश डाँडामा २०० बिरुवा रोपियो

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडाैं ।पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाश डाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सोमबार वृक्षरोपणको सुरुवात गरेका हुन् । 

सो  क्षेत्रमा समी, कपुर, रुद्राक्ष, असारेजस्ता प्रजातिका बिरुवा रोपिएको हो ।

कोषले पर्खाल निर्माण गरी यसै वर्ष कैलाश डाँडालाई संरक्षण गरेको थियो । सो क्षेत्रलाई आकर्षक उद्यानका रुपमा विकास गर्ने सोच कोषले अघि सारेको छ । 
कोषले गत वर्षबाट पशुपति क्षेत्रमा धार्मिक प्रजातिका पाँच हजार बिरुवा रोप्ने घोषणा गरी अभियान जारी राखेको छ ।

यसैगरी पशुपति क्षेत्रको दक्षिणतिर चक्रपथबाट छिर्ने गरी निर्माण गरिएको मुख्यद्वारको पनि मन्त्री भट्टराईले उद्घाटन गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिकुल परिस्थिति भए पनि सबै क्षेत्रलाई सधैँ बन्द गर्न नसकिने बताउँदै उनले  सामाजिक दूरी कायम गर्दै सार्वजनिक यातायातलगायत व्यवसायसमेत सञ्चालनको तयारी भइरहेको बताए

मन्दिर आउने भक्तजनलाई न्यूनतम् सेवा दिने गरी अझै धेरै गर्न आवश्यक रहेकगो  उनले बताए । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ पशुपति महत्व स्थापितका लागि कोषलाई ध्यानकर्षण पनि गराए । 

कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न लागिएको बताउँदै  विश्वभर फैलिएका धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी धार्मिक आध्यात्मिक सुन्दरस्थलका रुपमा पशुपतिको पहिचान गर्ने योजना रहेको उनले बताए । 

यो पनि