जेठ ०५, २०८१, शनिबार
               

'महिला कुटिएको भिडियो अछामकाे हाेइन'

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

केही दिनयता ससुराद्वारा बुहारीमाथि कुटपिट भएकाे एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । महिलालाई पुरुषले कम्मरमा बाँध्ने पेटीले कुटेको र पछाडिबाट अर्का पुरुषले थप कुट्न निर्देशन दिएको भिडियोले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको हाे ।

भिडियोमा नेपाली भाषा प्रयोग भएको छ, कुटाइ खाने महिलाले रुँदै गुहार मागेकी छिन् तर उनलाई कसैले पनि सहयोग गर्दैन । त्याे भिडियो अछामको भएको भन्दै छानबिन हुनुपर्ने माग उठेपछि प्रहरीले अनुसन्धान गर्दा कुट्ने र कुटाइ खाने व्यक्ति अछामकै भएको जनाएकाे छ । तर, उनीहरू अहिले भारतको महाराष्ट्रमा रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि