असोज ०६, २०८१, आइतबार
               

राजधानी भित्रिने सवारी पास वितरण प्रणालीमा परिवर्तन

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ । राजधानी भित्रिने र उपत्यकाबाट बाहिर जानेको चाप बढ्दै जाँदा कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै प्रशासनले पास वितरण प्रणालीमा परिवर्तन गरेको हो ।

कार्यालयले अत्यावश्यक कार्यको लागि मात्रै पास वितरण गर्ने जनाएको छ । जसअन्तर्गत मृत्यु संस्कार, शुभ विवाह, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, सरकारी तथा संघ संस्थाका कर्मचारी, आयोजना, परियोजनामा कार्यरत कर्मचारी, नेपाल सरकारका प्राथमिकता प्राप्त आयोजनामा आवश्यक पर्ने जनशक्तिले मात्रै पास पाउने छन् ।

त्यस्तै, अत्यावश्यक कामको लागि उपत्यका भित्रिने सवारी साधनहरुलाई उपत्यका बाहिर फर्कदा कुनै पनि यात्रु नराखी खाली जाने गरी मात्र सवारी पास जारी गरिने व्यवस्था लागू गरिएको छ । सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ ।

सवारी पास जारी गर्दा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुकूल हुने गरी संख्या तोकेर मात्र जारी गरिने भएको छ । भाडाका सवारी साधनको लागि सवारी पास जारी नगरिने प्रशासनले जनाएको छ ।

त्यसको साथै, मास्क नलगाई कार्यालयमा आएमा वा जथाभावी हिँडडुल गरेमा संक्रामक रोग ऐन अनुसार जरिवाना असुल उपर गरिनेसमेत बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि