असोज ०६, २०८१, आइतबार
               

मेलम्चीले सुरुङमा पानी पठाउँदा जानकारी नदिएको भन्दै हेलम्बु गाउँपालिकाको आपत्ति

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा पानी हाल्दा गाउँपालिकालाई जानकारी नदिइएको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै मेलम्ची खानेपानी आयोजनाले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुरुङ मार्गबाट पानी पठाउने काम भएको जानकारी सञ्चार माध्यमबाट पाएको र समन्वय नगरी सम्बन्धित निकायले गैरजिम्मेवार कार्य गरेको बताएका छन् ।

शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान को धारा २३२ ले सुनिश्चित गरेको तीनै तहको सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भन्ने कुराको विपरीत भएकोले स्थानीय सरकार र स्थानीयवासीलाई बेवास्ता गरेको प्रमाणित भई हेलम्बु गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा राष्ट्रिय गौरव आयोजनामा स्थानीय सरकार र स्थानीयलाई निरन्तर संग्लन नगराउने सम्पूर्ण कार्यहरुप्रति घोर आपत्ति जनाउँदै यस्ता अनुचित र गैरजिम्मेवार कार्यविरुद्ध आगामी दिनहरुमा सहयोगको लागी असहज वतावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य चेतावनीसमेत दिएका छन् ।

आइतबार बिहानदेखि सुरुङमार्गको परीक्षणका लागि पानी काठमाडौं पठाउन सुरु गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि