जेठ ०५, २०८१, शनिबार
               

आत्महत्या गरेको फेसबुक लाइभ शेयर नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुरोध

नेपाल फ्ल्यास
असार २२, २०७७

corona briefing photo 2
ADVERTISEMENT

काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले आत्महत्या गरेको फेसबुक लाइभ शेयर नगर्न अनुरोध गरेको छ । पछिल्लो तीन दिनमा दाङ र चितवनका दुई युवतीले फेसुबकमा लाइभ गर्दै आत्महत्या गरेका थिए । ती भिडयो सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरै पेज तथा एकाउन्टबाट त्यस्ता भिडियो पोष्ट भएका छन् । ती पोष्टहरू सयौंका संख्यामा शेयर भएका छन् ।

यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यस्ता घटनाको भिडियोले आत्महत्यालाई अझ बढि प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकरात्मक असर पर्ने हुनाले यस्ता भिडियोहरू शेयर नगर्ने र देखे पनि फेसबुकलाई तत्काल रिपोर्ट गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जो कोहीलाई पनि यस्तो सोच आउन सक्छ र परिवारको विश्वासिलो सदस्य र साथीभाइलाई आफ्नो कुरा भन्न अनुरोध गरे ।


कस्तो लाग्यो ?

यो पनि