कात्तिक १६, २०८१, शुक्रबार
               

मास्कमाथि निगरानी, अटेरी गरे सय रुपैयाँ जरिवाना

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

जनकपुरधाम । तपाईंको मास्क खोइ ? सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर सोधपुछ गर्दै थिए ।

कतिले गोजीमा मास्क राखेर हिँडेका थिए भने कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका थिए । तर, प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरु माफी माग्दै आफूसँग भएको गम्छा वा शरीरमा लगाएको लुगाले नै नाक छोपी हिँडे । 
मास्क नै नलगाएर अटेर गर्ने डेढ सयभन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा समेत लिएर एक सय रुपैयाँ जरिवाना तिर्न लगाइयो ।  कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहँदा सुरक्षाका उपायप्रति जनस्तरमा हेलचक्राइ बढ्दै गएको हो ।

लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको धनुषाका प्रहरी उपरीक्षक रामेश्वर बस्नेतले बताए ।

'रोग निवारण ऐन २०३० अनुरुप हामीले महामारीबाट जोगिन जनचेतनामूलक अभियान अघि बढाएका छौं, 'उपरीक्षक बस्नेतले भने,' मास्क लगाउन र सामाजिक दुरी कायम गराउन हामी निरन्तर माइकिङ गरिरहेका छौं । त्यसैगरी, अहिले मास्क निगरानी पनि बढाएका छौँ ।'


कस्तो लाग्यो ?

यो पनि