बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । तीनजना भने अझै बेपत्ता छन् ।
पहिरोले पुरिएर केदारस्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शब फेला परेको हो । यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ ।
यसैबीच, २ वटा गाई, ३ वटा भैसी र ८ वटा बाख्रा पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।