बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ ।
घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् ।
शुक्रबार अविरल वर्षासँगै केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर तीन जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसको बिचल्ली भएको छ ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।