असोज ०७, २०८१, सोमबार
               

ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ । 

झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको एक स्थानीयले जानकारी दिए ।

विकासका नाममा पुख्र्यौली थातथलोसहितको जग्गाजमिन कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । 

पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए । ट्याक्टर समेत लगाएका छन् ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् ।

भिडलाई तितरवितर बनाउन प्रहरीले केही सेल अश्रुग्यास हानेको छ ।

काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ ।

तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि