कञ्चनपुर । भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
२३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज (शनिबार) फेला पारेको हो ।
हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।
चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए ।