बझाङ । बझाङको केदार स्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् ।
पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका ८ का ४२ बर्षीय राममती देवी जेठारा उनका ११ बर्षिय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको हो ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।
पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले बताए ।
उनले स्थानीयले ३ जनाको शव समेत फेला पारिसकेको र अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।