मंसिर ०७, २०८१, शुक्रबार
               

पूर्वमन्त्री बिष्टको पहलमा गुल्मी पहिरोका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मीको इस्माको मल्दीमा पहिरोमा घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

पहिरोमा घाइते भएका इस्मा–१ का पाँच वर्षीय आयुष खत्री, ६४ वर्षीय टीकाबहादुर खत्री, ९० वर्षीया पुतली खत्री, २२ वर्षीया सिर्जना सारु र २५ वर्षीय वसन्त सारुलाई गुल्मीका सांसदसमेत रहेका विष्टले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत शुक्रबार काठमाडौँ ल्याएका हुन् ।

सांसद विष्टले पहिरो प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका छन् । उनले पहिरोमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरे ।

बिहीबार मध्यराति बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खस्दा इस्मा– १ मल्दीका १८ महिने सिजन सारु र निस्ती ढाँडफाँटकी सात वर्षीया अपेक्षा खत्रीको मृत्यु भएको थियो ।

उक्त पहिरोपछि त्यस क्षेत्रका ११६ घरपरिवार विस्थापित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि