बझाङ । गएराति बझाङमा पहिरोले १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो गएको पहिरोले डेढ दर्जन घर पुरिएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।
स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता भएको जानकारी दिएका छन् । ‘ठूलो क्षति भएको जानकारी आएको छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ,’ डिएसपी बमले शनिबार बिहान नेपालखबरसँग भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन ।’
‘स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलतिर जाँदैछन् ।’ पहिरोले एउटा पावरहाउस पनि बगाएको छ ।