जेठ ०४, २०८१, शुक्रबार
               

आज पनि देशभर मौसमको ठूलै प्रभाव

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे तथ्यांक सार्वजनिक गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । यसका साथै, राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि