बैशाख २२, २०८१, शनिबार
               

कलाकारले तिरिदिए सात परिवारको घरभाडा

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेकी छन् । 

शेरचनले ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको  अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएकी हुन् ।
बन्दाबन्दीले ज्यालामजदूरी गर्नेहरु निकै समस्यामा हुनुहुँदोरहेछ, बसिरहेको घरको भाडा बुझाउन नसक्दा समस्यामा परेको थाहा पाएर रकम उपलब्ध गराएकी बताइन् । 

उनले भनिन्, ‘कोही कसैलाई सहयोग गरेर प्रचार गर्नु राम्रो होइन, तर एक जनाले सुरुआत गरेपछि अर्को सहयोगी मन पनि थपिने रहेछ ।’

उनले अहिलेसम्म आपूmले सात परिवारको मासिक चारदेखि पाँच हजार रुपियाँसम्मको दुई महिनाको घरभाडा तिरिदिएको बताइन् । 

बाढीपहिरो, भूकम्प, उपचारबाट वञ्चित, गरीब, दुःखी र असहायको सहयोगमा जुटिरहने शेरचनको संयोजनमा यसअघि बन्दाबन्दीले समस्यामा परेका पोखराका विभिन्न वडाका करिब ८० जनालाई राहत वितरण गरिएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि