जेठ ०४, २०८१, शुक्रबार
               

तपस्वी बमजनविरुद्ध अदालतमा मुद्दा दर्ता

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

'लिटिल बुद्ध'को नामले चिनिएका रामबहादुर बमजनसहित तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला अदालत सर्लाहीमा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको हो ।

उनीविरुद्ध बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप लाग्दै आएको छ । प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको आश्रम र सिन्धुलीमा पटक–पटक छापा मारिसकेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले संयुक्त रूपमा छापा मार्दा समेत बमजनलाई समाउन सकेको छैन । बमजनलाई समाउन नसकेपछि प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो ।

' हामीले हिजो नै मुद्दा दर्ता गराइसकेका छौँ। १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।' जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता केशवकुमार गौतमले भने ।

सरकारी  वकिल कार्यालयले  बमजनका सहयोगी ज्ञानबहादुर बमजन र जितबहादुर तामाङ विरुद्ध भगाउन र लुकाउन सहयोग गरेको भन्दै मतियारको रूपमा मुद्दा दर्ता गराएको छ । रौतहटकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गरी सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएको हो ।

बमजनविरुद्ध बारा र मकवानपुर प्रहरीमा आश्रमबाट मानिस हराएको भन्दै उजुरी परेको छ । सरकारी वकिलले दायर गरेको मुद्दामा अपराध पुष्टि भए १२ देखि १४ वर्षसम्मको कैद सजायसहितको माग दाबी गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि