जेठ ०३, २०८१, बिहीबार
               

ह्याम्समा देखिए पारस शाह

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्व युवराज पारस शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा देखा परे । उनी बिरामी भएर अस्पताल भने गएका होइनन् ।

सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्याग्रहमा बसेका युवालाई भेट्न पारस अस्पताल पुगेका हुन् ।

सत्याग्रहमा बसेका इशान अधिकारी र पुकार बमलाई अस्पतालमै पुगेर पारसले भेट गरेका हुन् ।

पछिल्लो समय पोखरामा रमाउँदै आएका पारस पोखराबाट बिहीबार मात्रै काठमाडौं आएका थिए ।

अस्पतालमा पारसले इशानका अभिभावकसँग पनि केहीबेर कुराकानी गरेका थिए ।

‘इनफ इज इनफ’ अभियानका अधिकारी र बम आठ दिनदेखि (पाटनमा) सत्याग्रहमा बसेका थिए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनीहरु सत्याग्रहमा बसेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको छ ।


कस्तो लाग्यो ?

यो पनि