काठमाडौं । पहिरोमा परेर गुल्मीमा दुई जनाको उद्धार गरिएको छ भने दुई जना वेपत्ता भएका छन् । गुल्मी जिल्लाको इश्मा गाउँपालिका–१ मा गएको पहिरोले एक जना महिला र एक जना पुरुषलाई उद्धार गरेको गुल्मी प्रहरीले जनाएको छ ।
साथै, सोही घटनामा एक महिला र पुरुष वेपत्ता भएको बताइएको छ । गएरातिदेखि भएको भारी वर्षाको कारण गएको पहिरोबाट करिब १५–२० वटा घर जोखिममासमेत परेको प्रहरीको भनाइ छ ।