कात्तिक १६, २०८१, शुक्रबार
               

त्रिशूलीमा जिप खस्यो

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जिप त्रिशूली नदीमा खसेर वेपत्ता भएको  छ । 

धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जिप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । 

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जिप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उनले बताए । 

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् । 

प्रत्यक्षदर्शीका अनुसार  खसेको सो जिप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ ।  

वरिष्ठ उपरीक्षक धौबजीले भने, “जीप काठमाडौंतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जिपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म  हेर्दासमेत जीप फेला परेको छैन । ”


कस्तो लाग्यो ?

यो पनि