बैशाख १८, २०८१, मंगलबार
               

भारतीय मिडियाले भन्यो, 'ओलीको कुर्सी खतरामा'

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

भारतीय सञ्चारमाध्यम आजतकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी खतरामा शीर्षकमा समचार प्रकाशन गरेको छ ।

'एकातिर भारत र चीनको सीमामा विवाद चलिरहेको छ । अर्कोतर्फ नेपाल-भारतको भूमिलाई लिएर संकट जारी छ ।' आजतकले लेखेको छ, 'नेपालले जब आफ्नो नयाँ नक्सा जारी गर्‍यो तब दुई देशमा विवाद गहिरिँदै गयो । जसको असर नेपालको आन्तरिक राजनीतिमा पनि देखिएको र प्रधानमन्त्री केपी ओली संकटमा देखिएको छ ।'

बिहीबार बिहान केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको र उक्त भेटपछि ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेको आजतकले उल्लेख गरेको छ ।

समाचारमा नेपालको राजनीतिमा लगातार बदलाव हुँदै गरेको प्रसंग उल्लेख गरिएको छ ।

भारतसँगको विवादपछि केपी ओलीलाई पदबाट राजीनामा दिन माग उठिरहेको उल्लेख गर्दै प्रधानमन्त्री पदका साथसाथै पार्टी अध्यक्षबाट समेत राजीनामा दिनुपर्ने माग उठिरहेको खबर आजतकले लेखेको छ ।

अर्को भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले पनि भारतको विरोध ओलीलाई महँगो पर्दै शीर्षकमा समाचार लेखेको छ । नेपालको वर्तमान घटनाक्रमलाई भारतीय सञ्चारमाध्यमहरुले चासोका साथ स्थान दिइरहेका छन् ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपाली भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गरेसँगै भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि