जेठ ०५, २०८१, शनिबार
               

फेसबुक लाइभ गर्दै एलिसाद्वारा आत्महत्या

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

तुलसीपुर । दाङमा एक युवतीले आत्महत्या गरेकी छिन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन् ।

तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी  अन्दाजी २३–२४ वर्षकी एलिसा गौतमले  गएराति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

एलिसाको केही समयअघि डिभोर्स भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

उनका अुनसरा घटनाको थप अनुसन्धान हुन बाँकी छ ।

एलिसा माइतीमा बस्दै आएकी थिइन् । उनकी छोरी पहिलाको श्रीमानसँग भएको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

एलिसाका बाबु-आमा भारतमा काम गर्न गएकोले उनी कोठामा एक्लै बस्ने गरेकी थिइन् ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।


कस्तो लाग्यो ?

यो पनि