जेठ ०५, २०८१, शनिबार
               

बहिनी जिस्क्याएको भन्दै एक युवकले दुई जनालाई पिटेर बनाए गम्भीर घाइते

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

तनहुँ । आफ्नो बहिनीलाई जिस्क्याएको निहुँमा एक युवकले दुई युवकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जिस्क्याएको भन्दै सोही ठाउँका निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

कुटपटिबाट घाइते दुवैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहको छ । कुटपिट गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि