बैशाख २९, २०८१, शनिबार
               

पोखराबाट दुई महिलासहित ६ जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

चिप्लेढुङ्गा । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ रहेका छन् ।

जुवाखालबाट ४७ हजार १०० रुपौयाँ र तास बरामद भएको छ । प्रवक्ता हमालका अनुसार विशेष सूचनाको आधारमा जुवाडेलाई पक्राउ गरिएको हो । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि