जेठ ०६, २०८१, आइतबार
               

लेदो मिसिएको भेलमा १५ महिने शिशु बेपत्ता

नेपाल फ्ल्यास
असार १६, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा १५ महिने शिशु बेपत्ता भएका छन् ।

लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका हुन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन् । 

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको छ ।

यसैबीच, सबै तहका सुरक्षाकर्मी शिशुको खोजीकार्यमा खटिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि