जेठ ०६, २०८१, आइतबार
               

आम्दानी ठप्प भएपछि ट्याक्सी व्यवसायीले गरे आन्दोलन

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । भोकले मरिने भन्दै ट्याक्सी व्यवसायीले आन्दोलन गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनले लामो समयदेखि ट्याक्सी चलाउन नपाएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । ती ट्याक्सी व्यवसायीहरु आज बिहान नयाँ बानेश्वर–तीनकुनेमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित आन्दोलन गरिरहेका छन् ।

उनिहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएको पर्चाहरु आ–आफनो शरीरमा टाँसेका छन् । साथै, त्यस क्षेत्रमा केही नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु परिचालन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि